आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबुल हुने नहुने अझै अन्योल

केन्द्रभाग मिडिया

पोखरा ।

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ ।  बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

त्यसका लागि कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको स्रोतको दाबी छ। तर आजै नै पारित गर्ने या नगर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।

  • ४ फाल्गुन २०७८, बुधबार ०८:२० प्रकाशित