ओलीले भने,‘अहिल्यै काउन्टर महाभियोग ल्याउने सोच छैन, तर जुनसुकै बेला कदम चाल्नसक्छौँ’

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

नेकपा एमालेले काउन्टर महाभियोगबारे नसोचेको बताएको छ ।

प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि सोबारे आफ्नो रणनीति बनाउन बसेको एमाले संसदीय दल बैठकमा भएको छलफल अनुसार चार न्यायाधीशविरुद्ध काउन्टर महाभियोग लगाउने पक्षमा नभएको बताइएको छ। यसअघि हिजो नेकपा एमालेले सभामुख र चार न्यायाधीश विरुद्ध महाभियोग लगाउने चर्चा रहेको थियो ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले कुनै पनि आवेग, उत्तेजना र प्रतिशोधका आधारमा निर्णय नगर्ने बताए । सरकार, सत्ता गठबन्धन र अदालतको नेतृत्व कसरी जान्छन् त्यस आधारमा कदम चालिने ओलीले बताएका छन् ।ओलीले अहिले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताउँदै कुनै पनि बेला जुनसुकै कदम चालिने प्रष्ट पारेका छन् ।

नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक जारी रहँदा एमाले सांसदहरुको हस्ताक्षर संकलन भने जारी रहने बताइएको छ।

  • २ फाल्गुन २०७८, सोमबार १४:३१ प्रकाशित