सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतमा नियुक्त भएका चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा‍। मनोज शर्माले शुक्रबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका अनुसार डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्णलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिएको हो। यसअघि उनीहरूको नाम सुनुवाइ समितिबाट स्वीकृत भएको थियो।

  • २७ कार्तिक २०८३, शुक्रबार १५:५८ प्रकाशित