गण्डकी अपडेट :आज २९० संक्रमित सन्चो भए, कति संक्रमित थपिए ? (संक्रमितको सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा पछिल्लो तथ्यांकहरुकै निकै न्युन संख्यामा संक्रमित थपिएका छन् ।

आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४४ जनाको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा २९० जना निको भएका छन् ।

संक्रमित हुनेमा कास्कीका १३ जना, नवलपरासीका २ र स्याङ्जाका ८ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ४४२ पुगेको छ भने निको हुनेको संख्या ९८ हजार ७९५ रहेको छ ।

हाल प्रदेशमा १ हजार१८८ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये १ हजार १५७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ।हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट १ हजार ४५९ जनाले ज्यान गुमाइसकेका छन् ।

  • १ फाल्गुन २०७८, आईतवार १६:३२ प्रकाशित