काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्ट्याटस लेखेका छन् । उनले स्टाटस लेख्दै ‘एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ भनेका हुन् ।
‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ उनले स्टाटसमा भनेका छन् ।
प्रधानमन्त्री शाहले कसलाई लक्षित गर्दै यस्तो धम्की दिएका हुन् स्पष्ट छैन ।
उनको स्ट्याटसमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले कमेन्ट गरेका छन्, ‘सही समय भनेको कहिले हो, शनिबार आइतबार हो ?’ भनेका छन् ।













