काठमाडौं ।
भोलि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि सरेको छ। बैठक २ दिन पछि सरेको हो । संसद सचिवालयले सूचना जारी गर्दै फागुन २ गते सोमबार बस्ने तय भएको बैठक फागुन ४ गते बुधबार १ बजे बस्ने जानकारी दिएको छ।
प्रतिनिधिसभाको बैठक विगत लामो समयदेखि बस्न सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएलगत्तै सभामुखको आदेशमा संसद बैठक २ दिन पर सारिएको हो ।