नेपाल कम्युनिस्ट पार्टीको दुई महिने जागरण अभियान आज सुरु हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार संयोजक प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालको सम्बोधन गर्ने कार्यक्रम छ । असोज २३ गते बसेको बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

‘राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ’, निर्णयमा भनिएको थियो ।

  • ७ कार्तिक २०८३, शनिबार ०९:४८ प्रकाशित