कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा निर्वाचित (मतसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको उपसभापतिमा खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य निर्वाचित भएका छन् । कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको सम्पन्न पत गणनाको परिणाम उनुसार उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भए ।

कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भइन् ।

उपसभापति खुलामा कुन उम्मेदवारको मत कति ?

क्र.सं. उम्मेदवार प्राप्त मत नतिजा
१ डा. चन्द्रकान्त भण्डारी ३,७३५ विजयी
२ ई. मधु आचार्य २,३४२ विजयी
३ गोविन्द भट्टराई १,७५२
४ सुरेन्द्रराज पाण्डे १,६७३
५ धनराज गुरुङ १,५९६
६ दीपक गिरी ९२३
७ प्रा.डा. चन्द्रमोहन यादव ७६०

२. उपसभापति समावेशीतर्फ कुन उम्मेदवारको मत कति ?

क्र.सं. उम्मेदवार प्राप्त मत नतिजा
१ बिनोदकुमार चौधरी १,७४५ विजयी
२ जीवन परियार १,६५८
३ फरमुल्लाह मंसुर १,१४४
४ सीता गुरुङ १,११२
५ रञ्जित कर्ण ५६२

३. महामन्त्री खुलातर्फ कुन उम्मेदवारको मत कति ?

क्र.सं. उम्मेदवार प्राप्त मत नतिजा
१ प्रदीप पौडेल ४,१९४ विजयी
२ उदयशमशेर राणा २,३३० विजयी
३ डा. सुनिलकुमार शर्मा २,२५७
४ गुरुराज घिमिरे १,५१३
५ नैनसिंह महर १,१३४
६ अमरसिंह पुन मगर १,१२५
७ शंकर तिवारी १२३
८ डा. सन्तोष उपाध्याय ९७

४. महिला महामन्त्रीतर्फ कुन उम्मेदवारको मत कति ?

क्र.सं. उम्मेदवार प्राप्त मत नतिजा
१ डा. डिला संग्रौला (पन्त) ३,११८ विजयी
२ महालक्ष्मी उपाध्याय (डिना) २,८६४
३ रीता खनाल ८०४

 

  • २६ आश्विन २०८३, सोमबार ०७:०० प्रकाशित