काठमाडौं ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल विजयी भएको छ। नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २११ रनमै समेटियो ।
उसका लागि आरोन जोनसोनले ४४, समित गोहेलले ३५ रन जोडे भने अखिल कुमार ३० रनमा नटआउट रहे । यस्तै, श्रेयस मोव्वा र हम्जा तारिकले २६–२६ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी र नन्दन यादवले दुई–दुई विकेट लिए । त्यसअघि ओमानस्थित अल अमिरातमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन जोडेको थियो ।
रोहित पौडेलले शतकीय इनिङ्स खेले । उनले १२६ बलमा १०१ रनको योगदान दिए । सो क्रममा उनले ८ चौका र १ छक्का प्रहार गरे । नेपालका लागि चौथो क्रममा ब्याटिङ गर्न आएका उनले १२६ बलको सामना गर्दा ८ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए । उनी ४८ ओभर तीन बलमा आउट भए । यो रोहितको तेस्रो एकदिवसीय शतक हो । उनले कुशल भुर्तेलको एकदिवसीय शतक रेकर्ड तोडेका छन् ।
आक्रामक ब्याटिङ गरेका गुल्सन झा अर्धशतक बनाउन दुई रनले चुके । गुल्सनले चार चौका र तीन छक्काको मद्दतमा ३४ बलमा ४८ रन बनाएका हुन् । नेपाली ओपनर अर्जुन कुमाल ५४ बलको सामना गरेर २३ र बसिर अहमद ५७ बलमा ३० रन बनाएर आउट भएपछि रोहितले सम्हालिएर खेलेका हुन् ।
यस्तै बसिर अहमदले ३०, अर्जुन कुमालले २३ रन जोडे । बलिङतर्फ क्यानडाका अखिल कुमारले चार तथा सुखजिन्दर सिंहले तीन विकेट लिए । यस्तै, जाहिद सिर्जादले दुई विकेट लिए ।













