पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

पृथ्वी राजमार्ग आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नेपाल प्रहरीका अनुसार नदीले सडक कटान गर्दा गलौँदीमा भासिएर अवरुद्ध बनेको सडक आइतबार दिउँसो ३ः१० देखि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

भासिएको ठाउँमा माथि कटान गरेर सडक सञ्चालनमा ल्याइएको हो । शुक्रबार साँझ सडकको करिब सय मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएको थियो ।

धादिङको गजुरी गाउँपालिका ५ गलौदीमा सडक भासिएपछि दशैँमा घर हिँडेकाहरु र यो राजमार्ग हुँदै जानेहरु जान पाएका थिएनन् । सडक भासिएपछि राजमार्गमा सवारी साधन सञ्चालन रोकिएकामा अब सवारीसाधन दुईतर्फी रुपमै चल्नथालेका छन् ।

  • २५ आश्विन २०८३, आईतवार १८:५८ प्रकाशित