पोखरा जगदम्बाको सेवा अब काठमाडौदेखि दिल्लीसम्म (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरालाई केन्द्रमा राखेर पोखराबाट देशका विभिन्न सहरहरु र आफू अन्तर्गत रहेका संस्थासंग सहकार्य मार्फत पोखरा-दिल्ली बस सेवा दिइरहेको पोखरा जगदम्बा ट्राभल्स एण्ड टुर्सले अब काठमाडौ-दिल्ली स्तरीय बस सेवा सञ्चालन गर्ने भएको छ । यही २५ असोज घटस्थापनाको दिनदेखि काठमाडौं दिल्ली स्तरीय बससेवा सञ्चालन गर्न लागिएको पोखरा जगदम्बा ट्राभल्स एण्ड टुर्सका अध्यक्ष केशव प्रसाद अधिकारीले जानकारी दिएका हुन् । दुई देशका राजधानी सहर जोड्ने र यात्रुलाई सुविधा दिनेगरी स्तरीय बस सेवा सुरु गर्न लागेको उनले बताए ।

यस अगाडि पनि मोर्डन इरा टुर्स एण्ड ट्राभल्स मार्फत विगत २० वर्षदेखि पोखरा दिल्ली बस सेवा दिइरहेको बताएका गरेका उनले यात्रुको मागलाई मध्यनजर गरेरै संघीय राजधानी काठमाडौं देखि दिल्लीसम्मको बस सेवा दिन लागिएको उल्लेख गरे । आफूहरुले सञ्चालन गर्ने बसबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यरत यात्रु एवं विभिन्न ढंगले रोजगारीमा जाने र आउने अनि स्तरीय पर्यटकहरुले समेत सेवा प्राप्त गर्ने अपेक्षा गरिएको उनले बताए । उनले यो सेवाले नेपाल र भारत बिचको सम्बन्धलाई समेत अझ प्रगाढ बनाउने अपेक्षा प्रकट गरेका छन् ।

पोखरा जगदम्बा ट्राभल्सले काठमाडौं दिल्ली बस सेवाका लागि मात्र थप ५ करोड रुपैयाँ लगानी बढाएको छ । सिल्परसहित भिआइपी सोफासहितका सुविधा रहेको गाडी भाडा एकतर्फी जम्मा पाँच हजार रुपैयाँ तोकिएको उनले बताए । काठमाडौं देखि दिल्ली र दिल्ली देखि काठमाडौंका लागि दैनिक एक बस छुट्ने व्यवस्था मिलाइएको उनले बताए ।

पोखरा जगदम्भा ट्रभल्सका बसमा देशभित्र विगत देखिनै यात्रुले खाना, खाजा, कोल्डड्रिंस, वाइफाई र वासरुम लगायतका सेवा प्राप्त समेत गर्नेगरेका छन् । पोखरा जगदम्भा टुर्स एण्ड ट्राभल्सले पोखरा-काठमाडौं, काठमाडौं- पोखरा र पोखरा – विरगञ्ज, विरगञ्ज- पोखरा स्तरीय बस सेवा सञ्चालन गर्दे आएको छ ।

  • २२ आश्विन २०८३, बिहीबार १३:२४ प्रकाशित