स्थिर अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (सोमबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो मुद्राको भाउ स्थिर थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ । विगत तीन दिनदेखि अमेरिकी डलरको विनिमयदर यही भाउमा स्थिर छ ।

त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ०९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा छ । हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९८ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • १९ आश्विन २०८३, सोमबार ०६:४५ प्रकाशित