गण्डकी अपडेट : ४३४ संक्रमित निको भए, १ जनाको मृत्यु (संक्रमितको सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४३४ जना निको भएका छन् । भने ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१६ जनाको परीक्षण गर्दा ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै सोही थप एक संक्रमितले ज्यान गुमाएका छन् । मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका लमजुङका क्वालासोथार गाउँपालिका ८ का ९१ वर्षीय संक्रमितको ज्यान गएको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४५९ पुगेको छ।

संक्रमित हुनेमा कास्कीका २५ जना,मनाङका २, म्याग्दीका ७, लमजुङका ९, तनहुँका ४, नवलपरासीका २, बागलुङका ६, पर्वतका ४ र स्याङ्जाका ११ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ३१० पुगेको छ भने निको हुनेको संख्या ९८ हजार १२३ रहेको छ ।

हाल प्रदेशमा १ हजार ७२८ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये १ हजार ६८५ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ।

  • २८ माघ २०७८, शुक्रबार १६:१३ प्रकाशित