निजी डेरीले गर्‍यो दूधको नयाँ मुल्य घोषणा: भन्छ,‘डिडिसीले बढाएको मुल्य मान्दैँनौँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग डेरीहरुले सरकारी स्वामित्वको डिडिसीले गरेको दूधको मुल्य आफुहरुले स्वीकार नगर्ने बताएका छन् ।

दूग्ध विकास संस्थानले दूधमा प्रतिलिटर ९ रुपैयाँले बढाएपछि सो मुल्य कायम गर्न आफूहरु तयार नभएको निजी डेरीले बताएको हो । उनीहरुले दूधको नयाँ मुल्य घोषणा गरेका छन् । दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने निजी डेरीले घोषणा गरेका छन् ।

शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो ।

संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ कायम गरेको छ । यसअघि, संस्थानले उपभोक्ता मूल्य ८६ रुपैयाँ तोक्ने बताइएको थियो । तर, सो अनुसार मूल्य नतोकिएपछि संस्थानको निर्णय नमान्ने र उपभोक्ता मूल्य ८६ रुपैयाँ नै लिने दुई सस्थाले संयुक्त रुपमा बताएका हुन् ।

  • २८ माघ २०७८, शुक्रबार १३:३५ प्रकाशित