चुनावका लागि मात्रै ५० अर्ब बजेट माग

केन्द्रभाग मिडिया

काठमाडौ ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावका लागि मात्रै ५० अर्ब बजेट माग भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि भने १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताएका छन् ।अन्य बजेट जुटाउनको लागि अध्ययन गर्ने शर्माको भनाई छ ।

यसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्छ । खर्च कति हुन्छ भन्नेबारे सरकारले सुरक्षा निकायसँग छलफल गरिरहेको छ ।

  • २७ माघ २०७८, बिहीबार १६:२० प्रकाशित