केन्द्रखबरका व्यवस्थापक रमेश पौडेललाई मातृशोक

केन्द्रभाग मिडिया

पोखरा ।

केन्द्रभाग मिडिया प्राली तथा केन्द्रखबर डटकमका व्यवस्थापक रमेश पौडेललाई मातृशोक परेको छ।

पौडेलकी ममतामयी आमा तुलसीदेवी पौडेलको ७३ वर्षको उमेरमा निधन भएको हो । तुलसी देवीको आज बिहान सवा ७ बजे पर्वत कुश्मा नगरपालिका ११ पकुवास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिए ।

तुलसी देवी सामान्य ज्वरो, रुघाखोकीबाट ग्रसित रहेको बताइएको छ। उनको आजै मोदी बेनीमा अन्त्येष्टी गरिने भएको छ ।
तुलसीदेवीको श्रीमान्, ३ छोरा,३ बुहारी , ४ नाती र ४ जना नातिनी  छन् ।

  • २७ माघ २०७८, बिहीबार ०९:५० प्रकाशित