आयल निगमले आईओसीलाई बुझायो करिब ८ अर्ब

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई फेरि रकम पठाएको छ। निगमले करिब ८ अर्ब रुपैयाँ भुक्तानी गरेको हो।

निगमले मंगलबार आईओसीलाई सो रकम भुक्तानी गरेको निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई रकम भुक्तानी गर्ने गरेको छ ।

आगामी २३ तारिखमा करिब १२ अर्ब रुपैयाँ पठाइने निगमले जनाएको छ । जोर बिजोर प्रणाली पनि खुल्ला भइसकेकाले अब तेलको खपत झन् बढ्न जानेछ । खपत जति बढ्यो निगमलाई घाटा रकम पनि त्यति नै बढ्न जान्छ । निगमलाई हाल पेट्रोल, डिजेल र ग्यासमा ठूलो नोक्सानी छ भने हवाई इन्धन र मट्टितेलमा भने फाइदा छ ।

  • २६ माघ २०७८, बुधबार १६:३१ प्रकाशित