खोज तथा उद्धार अनुगमनमा प्रधानसेनापति सिग्देल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका हुन् ।

उनले टनेलका साथै अन्य क्षेत्रहरूको समेत अवलोकन गरी सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहाकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिएका छन् ।

  • १८ भाद्र २०८३, बिहीबार १३:३५ प्रकाशित