काठमाडौं।
नेकपा ९एमाले० संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। हालैको बाढी, पहिरो र प्राकृतिक विपद्ले देशभर पुर्याएको क्षति र त्यसपछि उत्पन्न परिस्थितिका सम्बन्धमा प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट प्रस्तुत गरिने एजेण्डा तय गर्न बैठक बसिरहेको हो।
एमालेका प्रमुख सचेतक ऐनबहादुर महरका अनुसार बैठकमा विशेष गरी रसुवाको भोटेकोशी बाढी लगायत देशका विभिन्न भागमा भएका विपद्का घटना, राहत, उद्धार र पुनर्निर्माणका विषयमा सघन छलफल हुनेछ।
प्रमुख सचेतक महरले प्रतिनिधि सभाको आगामी बैठकमा विपद् न्यूनीकरण र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई ठोस कार्ययोजना बनाउन सुझाव दिने गरी छलफल गरिने जानकारी दिए ।
बैठकमा एमालेका सांसदहरूले आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्ने र सरकारको ध्यानाकर्षण गराउनुपर्ने विषयहरूका बारेमा धारणा राखिरहेका छन्।












