बेत्रावतीको एकै घरमा २४ शव भेटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो ।

निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको उनले बताए । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।मुचुल्काकाको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने उनले बताए ।

१० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन् ।

  • १६ भाद्र २०८३, मंगलवार १३:०२ प्रकाशित