अस्पतालको क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे छलफल सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

अस्पतालको क्षमताभन्दा बढी शव भएपछि काठमाडौंमा व्यवस्थापनबारे छलफल सुरु भएको छ ।

रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासि आएको भीषण बाढीबाट ज्यान गुएमाकाहरुको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ ।

अस्पतालको क्षमताभन्दा बढी शव भएपछि चितवन, तनहुँ, नवलपरासी र पोखरामा शवलाई जमिनमा राखेर व्यवथापन गरिएको छ। काठमाडौंमा पनि क्षमताभन्दा बढी शव थुप्रिन थालेपछि यसको व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको हो।

क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे छलफल थालिएको छ । जिल्ला सुरक्षा समितिका साथै चिकित्सकहरुसँग समेत परामर्श गरेर अहिले शव व्यवस्थापनबारे छलफल सुरु गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले शव व्यवस्थापनको छलफलमा केन्द्रित रहेको प्रशासनले बताएको छ।

  • १६ भाद्र २०८३, मंगलवार १३:११ प्रकाशित