काठमाडौं ।
राष्ट्रिय सभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ २३ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरिएको जानकारी दिए ।
यसअघि आजको बैठकमा अध्यक्ष दाहालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष वक्तव्य दिएका थिए । बाढी र पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेपछि बैठक स्थगित गरिएको हो ।












