पोखरा ।
पोखराको फिस्टेल अस्पतालले प्रधानमन्त्री राहत कोषमा ३ लाख ३३ हजार ३३३ रुपैयाँ जम्मा गरेको छ ।
रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि अस्पतालले सो रकम सहयोग स्वरुप जम्मा गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
विपद्का बेला अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै सियासर अन्तर्गत सो सहयोग जम्मा गरेको अस्पतालका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । यसैबीच पालिखेले बाढीबाट प्रभावित बिरामीलाई फिस्टेल अस्पतालमा निशुल्क उपचार प्रदान गर्ने पनि बताएका छन् ।
यस्तै पालिखे अध्यक्ष रहेका अन्य दुई संस्था नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, छिनेडाँडाले २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ। त्यसैगरी, पोखरास्थित कुमुदिनी होम्सले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।












