काठमाडौं ।
रसुवा बाढीमा बगेको बैंकको ‘सेफ’ फोड्ने २९ जनालाई नगदसहित प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा फेला परेको सेफ शुक्रबार उनीहरूले तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकालेका थिए ।
उक्त घटनामा संलग्न हुनसक्ने अन्य सम्भावित व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यी हुन् पक्राउ परेका व्यक्ति













