चीनको सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प

केन्द्रभाग मिडिया

बेइजिङ ।

दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ सहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर ९सीईएनसी० का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको मापन गरिएको छ । सीईएनसीका अनुसार उक्त भूकम्प जमिनको सतहबाट १३ किलोमिटर गहिराइमा गएको थियो । एजेन्सी

  • १२ भाद्र २०८३, शुक्रबार १३:४५ प्रकाशित