काठमाडौं ।
रसुवाको भोटेकोसीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ।
नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडक खण्डमा सवारी आवागमन बन्द गरिएको जनाएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै सडकको अवस्था सामान्य नभएसम्म यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।
सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।
प्रहरीले बाढी, पहिरो तथा नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।












