काठमाडौं।
भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्दाम्वेले यस्तो प्रतिबद्धता जनाए।
बैठकमा बोल्दै नेता आङ्दाम्वेले सरकारले तत्कालै क्रियाशीलता देखाएकोमा धन्यवाद दिए। उनले पक्ष-विपक्षभन्दा पनि सङ्कटको घडीमा सबै एकजुट भएर लाग्नुपर्ने बताए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो। प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवाला सबैलाई निर्देशन दिए।











