कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत पाएका छन् ।

यस्तै प्रस्तावको विपक्षमा २२ मत भयो भने मत दिन्न भन्ने सांसदको संख्या ४ रहेको छ । मुख्यमन्त्री कार्कीले पाएको उक्त मत ९२ सदस्यीय प्रदेशसभाको बहुमत ४७ भन्दा बढी हो । मत विभाजनमा ८३ जना सांसद सहभागी भएका थिए । प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थित थिइन् ।

  • ८ भाद्र २०८३, सोमबार १६:३१ प्रकाशित