परराष्ट्रमन्त्री खनाल १४ भदौमा सर्बिया जादैं

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १४ भदौमा सर्बिया जाने भएका छन् ।

सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभा ९हाइलेभल कमेमोरेटिभ मिटिङ० मा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् ।

१५ र १६ भदौमा बेलग्रेडमा आयोजना हुने उक्त स्मरणसभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधि टोली सहभागी हुनेछ ।२६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले स्मरणसभामा सहभागिता जनाउने निर्णय गरेको थियो ।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो । पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो ।

उक्त कार्यक्रममा विश्वका नेता, विभिन्न मुलुकका प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहने छ ।नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ ।

उनी १७ भदौमा सर्बियाबाट नेपाल फर्कने कार्यक्रम छ ।

  • ८ भाद्र २०८३, सोमबार १५:०० प्रकाशित