गरिमा चौधरी हत्या प्रकरण : थप १ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन् ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा गरिमा भदौ २ मा मृत भेटिएकी थिइन् । घरबाट हराएको ३ दिनमा गरिमा मृत भेटिएकी थिइन् ।

गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटना अनुसन्धानमा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घलेले जानकारी दिएका छन् ।

बलात्कार र हत्यामा संलग्न आरोपी प्रदीप खड्का विद्यार्थी हुन् ।

  • ८ भाद्र २०८३, सोमबार १२:०५ प्रकाशित