काठमाडौं ।
साताको कारोबारको दोश्रो दिन आज सोमवार पनि सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३२०० रुपैयाँले बढेको हो ।
आज सुन तोलामा३२०० रुपैयाँले बढेर ३२२७०० रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो प्रतितोला ३१९५०० रुपैयाँमा कारोबार भएको थियो ।यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ४९६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।












