कास्कीका स्थानीय तहहरूको वार्षिक समिक्षा

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहहरूको आर्थिक वर्ष २०८२-८३ को वार्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले उद्घाटन गरेकी थिइन् ।पहारीले नेपालको संविधानले व्यवस्था गरेका तीन तहका सरकारहरूबिच प्रभावकारी समन्वय र सहजीकरणमा जिसस कास्कीको भुमिका प्रशंसनीय भएको बताइन् । योजनाको छनोट र कार्यान्वयनका लागि स्पष्ट कानुनी र व्यबस्थित संरचना निर्माण जरुरी देखिएको उनको भनाई थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर र विकास निर्माणका कार्यहरूमा गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऎनले ब्यबस्था गरे अनुसार समिक्षा कार्यक्रम अर्ध वार्षिक र वार्षिक रूपमा आयोजना गर्ने गरिएको उल्लेख गरे ।

प्रमुख पौडेलले विकासका योजना छनोट प्रक्रिया र प्राथमिकिकरणमा देखिएका त्रुटिका कारण पालिकाहरूको कार्य सम्पादनको स्तर अपेक्षित रूपले उत्कृष्ट हुन नसकेको उल्लेख गर्दै कास्की पालिकाहरूलाइ सुशासन ,पारदर्शीता र जवाफदेहिता सहितका सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे ।

पौडेलले कास्कीका पालिकाहरूलाई बेरूजु मुक्त पालिका बनाउन आग्रह गरे ।

शुक्रबार कास्कीका पोखरा महानगरपालिका ,अन्नपूर्ण ,माछापुच्छ्रे ,रूपा र मादी गाउँपालिकाहरूको आर्थिक बर्ष २०८२-८३ को समिक्षा गरिएको र आगामी सोमबार विकास तर्फका कार्यालय एबम मंगलबार सामाजिक सेवा प्रदायक कार्यालयहरूको समिक्षा गरिने जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका महासचिव गोकर्ण अधिकारी ,नागरिक समाज कास्कीका अगुवा राम बहादुर पौडेल ,माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ , सहितले मन्तव्य व्यक्त गरेका थिए ।

समिक्षामा कास्कीका पालिकाका प्रमुख ,कार्यकारी अधिकृत , नागरिक समाजका अगुवाहरू, उद्योगी ब्यबसायिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समिक्षा कार्यक्रममा स्वागत उप – प्रमुख सरिता मालले र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको सूचना अधिकारी लक्षु शर्माले जानकारी दिए ।

  • ५ भाद्र २०८३, शुक्रबार १६:५० प्रकाशित