बागमती सरकारलाई समर्थन गरेका उद्वव थापालाई राप्रपाले गर्‍यो पार्टीबाट निष्काशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्काशन गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै कारबाही गरेको जानकारी दिए। थापाले एमाले‍ र नेकपाको सरकारलाई समर्थन गरेका थिए।

उनको समर्थनलाई अस्वीकार् गर्दै राप्रपाले समर्थन फिर्ता लिन आग्रह गरेको थियो। तर उक्त आग्रह नमानेको उल्लेख गर्दै राप्रपाले कारबाही गरेको हो।‘उद्वव थापालाई साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट कारबाही गरिएको छ’ लिङदेनले भने।

अहिले संसदीय दलको नेतालाई कारबाही गरेको अब सरकारमा सहभागी हुने अन्यलाई पनि कारबाही गर्ने अध्यक्ष लिङदेनले जानकारी दिए।

  • ४ भाद्र २०८३, बिहीबार १६:१८ प्रकाशित