रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । शुक्रबार केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।

यद्यपि बैठकमा पेस हुने कार्यसूची तय भइनसकेको उनले बताए । आचार्यका अनुसार बैठकले केही केन्द्रीय सदस्य, पदाधिकारी मनोनीत गर्न सक्नेछ। यसअघि साउन १३ गते बसेको बैठकले सचिवालय गठन गरेको थियो ।

वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाहलाई मनोनीत गरेको थियो । विधान अनुसार ५१ केन्द्रीय सदस्यसहित ११ पदाधिकारी मनोनीत गर्नुपर्नेछ।

  • १ भाद्र २०८३, सोमबार १५:२५ प्रकाशित