अब औषधीय प्रायोजनका लागि सरकारले गाँजा खेती गर्न दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

अवैध मानिने गाँजाको खेती गर्न दिने सरकारले तयारी गरेको छ। लागूऔषधको रुपमा प्रयोग हुन थालेपछि सरकाले गाँजा खेतीमा रोक लगाएको छ।

गाउँगाउँमा रोपिएका गाजाँका विरुवाहरु सुरुक्षा कर्मीले नष्ट गर्दै आइरहेका छन् । अब भने गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ ।

मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयले जनाएको छ।

कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ । उनीहरुलाई कसरी अनुमगन र नियमन गर्ने भन्ने विषयमा कार्यविधि अनुसार हुने जनाइएको छ।

  • २४ माघ २०७८, सोमबार १६:०९ प्रकाशित