बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

नयाँ दिल्ली।

सोमबार बिहान भारत बिहारको लखीसरायस्थित प्रसिद्ध अशोकधाम मन्दिरमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ।

यस घटनामा धेरै जना घाइते भएका छन्। साउनको सोमबारी व्रतका लागि मन्दिर र आसपासका क्षेत्रमा ठुलो सङ्ख्यामा भक्तजनहरू भेला भएका थिए।

पूजा तथा दर्शनका लागि मूल मन्दिरमा मानिसहरूको घुइँचो बढेपछि स्थिति अनियन्त्रित भई अचानक भागदौड मच्चिएको बताइएको छ। घटनाको सूचना पाएलगत्तै प्रहरी र प्रशासनिक टोली घटनास्थल पुगेर उद्धार तथा राहत कार्य सुरु गरेका छन्। घाइतेहरूलाई उपचारका लागि तुरुन्तै नजिकैका अस्पतालहरूमा लगिएको छ।

घटनामाथि गहन छानबिन भइरहेको एसडीपीओ शिवम कुमारले बताएका छन्। स्थानीय प्रशासनले घटनाको मुख्य कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ। एजेन्सी

  • १ भाद्र २०८३, सोमबार १२:४७ प्रकाशित