आज नेप्से परिसूचकमा सामान्य वृद्धि

केन्द्रभाग मिडिया

काठमाडौं ।

सेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ८.८१ अङ्कले बढेर २६५१.२१ विन्दुमा पुगेर बन्द भएको हो।

दिनभरिमा ३४७ वटा स्क्रिप्टको कुल १ करोड २ लाख कित्ता सेयर खरिद बिक्री भएको छ। यसबाट कुल ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज बजारमा कुल सूचीकृत कम्पनीहरूमध्ये १७१ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ८६ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी १९ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

  • २८ श्रावण २०८३, बिहीबार १५:४४ प्रकाशित