पोखरामा के चाहन्छन् युवा ? युवा भेला हुँदै

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल परिवार नियोजन संघ कास्की शाखाले के चाहन्छन् युवा ? भन्ने विषयमा युवा भेला गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साउन २७ गते युवा भेला गरिने नेपाल परिवार नियोजन संघका सभापति नवीन सिग्देलले जानकारी दिए।
पोखरा महानगरपालिका वडा नं १८ कार्यालयको सहयोगमा गरिने भेलामा १८ देखि २१ वर्ष उमेरका युवाको सहभागिता रहने छ ।

युवाको भावना र आवश्यकतालाई बुझ्ने उद्देश्यले भेला गर्न लागिएको नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले जानकारी दिए । भेलाको निष्कर्ष स्थानीय सरकार, प्रदेश सरकार र सरोकारवाला निकायलाई समेत बुझाउने योजना छ ।

भेलामा किशोरकिशोरी तथा युवाका लागि अतिमहत्वपूर्ण मानिएको यौन तथा प्रजनन् स्वास्थ्य र वृहत्त यौनिकता शिक्षाका बारेमा समेत सचेतना गराइने छ ।
संघले यसअघि अन्नपूर्ण गाउँपालिकाको सहयोगमा गाउँपालिकाभित्रका १० विद्यालयमा अध्ययनरत ४० जना किशोरकिशोरीहरुका लागि दुई दिने यौंन तथा प्रजनन् स्वास्थ्य एवं वृहत यौनिकता शिक्षा तालिम सम्पन्न गरेको थियो ।

त्यस्तै कास्की जिल्लाका करिब ३० वटा विद्यालय तथा कलेजमा यौंन तथा प्रजनन् स्वास्थ्य एवं वृहत यौनिकता शिक्षालाई अभियानका रुपमा सञ्चालन गरेको थियो । संघले छिट्टै शाखाको क्लिनिकलाई किशोरकिशोरी मैत्री क्लिनिकका रुपमा संचालन गर्ने तयारी गरेको छ ।

  • २५ श्रावण २०८३, सोमबार १५:३१ प्रकाशित