काठमाडौंमा आजदेखि जोरबिजोर प्रणाली हट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ ।

आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हस्ताक्षरमा जारी गरिएको सूचनामा जनाइएको छ ।

  • २४ माघ २०७८, सोमबार ०९:२१ प्रकाशित