सुनको मूल्य फेरि ३ लाख नाघ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ तोकेको छ ।

यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ८ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ९६ हजार ९ सय रुपैयाँ थियो । चार कारोबार दिनमै सुनको मूल्य प्रतितोला १७ हजार ९ सय रुपैयाँ बढेको छ । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६४५ रुपैयाँ कायम भएको छ । गत मंगलबार चाँदी प्रतितोला ४ हजार ३८० रुपैयाँ थियो ।

  • २४ श्रावण २०८३, आईतवार ११:३९ प्रकाशित