काठमाडौं ।
नेपालमा रोहिंग्या शरणार्थीको संख्या ५२६ रहेको छ ।
दक्षिण सीमा नाकाबााट विभिन्न मितिमा नेपाल प्रवेश गरेका रोहिंग्याको संख्या ५२६ रहेको नेपाल प्रहरीले बताएको छ । जसमध्ये १६२ पुरुष, १४८ महिला र २१६ जना बालबालिका रहेको प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए ।
उनीहरू कपन, र ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गर्दै आएका छन् । केही समय अघि प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपालमा रोहिंग्या लगायतका शरणार्थी प्रवेश भएको विषय उल्लेख गरेका थिए ।
यस्ता व्यक्ति छिर्न नदिनका लागि सीमा नाका सुरक्षा व्यवस्था समेत बलियो बनाइएको प्रहरीको भनाइ छ ।












