एमसीसी पारित गर्न देउवा–प्रचण्डले अमेरिकालाई पत्र पठाएको खुलासा !

केन्द्रभाग मिडिया

काठमाडौं।
पछिल्लो समय पेचिलो बन्दैँ गएको एमसीसीको बारे नयाँ नयाँ खुलासा हुदैँ आएको छ ।केही दलहरु एमसीसी पारित गर्न पक्षमा देखिए पनि सत्तारुढ गठबन्धन भित्रै केही दल भने संशोधन बिना एमसीसी पारित सम्भव नहुने अडान लिदैँ आएका छन् ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई २९ सेम्टेम्बरमा पत्र पठाएको खुलासा भएको छ । पत्रमा देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिवद्धता समेत गरेको उल्लेख छ ।

एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र प्रचण्डले पत्र पठाएको खुलाएको हो । यही आधारमा एमसीसीले २८ फेब्रुअरीलाई समयसीमा दिएर टुंगो दिन भनेको छ ।

यसअघि देउवाले बेलायत भ्रमणबाट फर्किएर प्रचण्डसहित आफूले पत्र पठाएको खुलासा गरेका थिए । प्रचण्डले भने एमसीसी पारित गर्नेबारे उल्लेख नगरेको अभिव्यक्ति दिदै खण्डन गरेका थिए । तर, एमसीसीले नै पारित गर्न ५ महिनाको समयसीमा मागेको उल्लेख गरेको छ ।

  • २३ माघ २०७८, आईतवार १०:१९ प्रकाशित