रास्वपाका सांसद गणेश पौडेलमाथि मसी प्रहार

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेललाई मसी प्रहार गरिएको छ । रौतहटको गढीमाई नगरपालिकाका स्थानीयवासीले सांसद पौडेललाई मसी प्रहार गरेका हुन् ।

बिहीबार राति जनतासँग भेटघाट गर्ने क्रममा त्यहाँका स्थानीय युवाले सांसद पौडेलमाथि पछाडिबाट मसी प्रहार गरेका हुन् । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को गढीमाई वडा नम्बर ४ मा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने बेला मधेसी मुक्ति अभियानका कार्यकर्ताहरूले नारा लगाउँदै सांसद पौडेलमाथि कालोमसी फ्यालेका थिए । सांसद पौडेलले समेत घटनाको पुष्टि गरेका छन् ।

उनका अनुसार आक्रमणकारीहरू कालोमोसो फ्यालेर उखुबारीतिर भागेका छन् । मधेसी मुक्ति अभियानका कार्यकर्ताहरूले झन्डासहित त्यहाँ नारा पनि लगाएका थिए । उनीहरूले त्यहाँ पर्चा पनि फ्यालेका छन् । सांसद पौडेलका अनुसार उनीहरुद्ये मेचीदेखि महाकालीसम्मको भूभाग मधेसको हो भनी नारा लगाएका थिए ।

साँझ कबरदाह ९मुस्लिमहरूको शव गाड्ने ठाउँ० हेर्न जान उनीहरूले आफूलाई आग्रह गरेको उनले बताए । उनीहरूको आग्रहपछि सांसद पौडेलले अहिले ढिलो भयो अर्को दिन जाउला भनेर टारेका थिए । तर पछि उनीहरू नै नारा लगाएर आएको जस्तो आफूलाई लागेको सांसद पौडेलले बताए ।

  • ८ श्रावण २०८३, शुक्रबार १३:०५ प्रकाशित