पर्वत ।
कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन् । शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय सुरक्षित स्थानमा गएको प्रहरीले जनाएको छ । मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन ।
बाढीबाट अन्य घरसमेत उच्च जोखिममा रहेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय तथा जिन्सी सामानलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।














