मुग्लिन-नारायणगढ सडक सञ्चालनमा, पोखरातर्फ मात्रै सवारी खुला

केन्द्रभाग मिडिया

काठमाडौं ।

मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।

आइतबार मध्याह्न १२:१० बजेदेखि पोखरातर्फ आउने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

अविरल वर्षाका कारण नाम्सी खोलाको पुलमाथि लेदोसहितको पहिरो खस्दा मुग्लिन(नारायणगढ सडक खण्ड आइतबार बिहानदेखि अवरुद्ध बनेको थियो ।

  • ११ आश्विन २०८३, आईतवार १३:५६ प्रकाशित