झापाको अर्जुनधारामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाई लालपुर्जा वितरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

झापाको अर्जुनधारामा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरिएको छ ।जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार १८ परिवारलाई लालपुर्जा वितरण गरेको हो ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले बर्दियाको बढैयातालका र झापाको बुद्दशान्तीका भूमिहिनलाई लालपुर्जा वितरण गरेको थियो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको मन्त्रालयको दाबी छ ।

  • ७ श्रावण २०८३, बिहीबार १४:०४ प्रकाशित