दिल्लीमा कक्रोच पार्टीको ‘चलो संसद’ मार्च, संसद भवनबाट बाहिरिए मोदी

केन्द्रभाग मिडिया

भारत ।

भारतको नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सिजेपी) को मार्चपास नजिकिएपछि संसद भवन अगाडि सुरक्षा बढाइएको छ।सोमबार जन्तर-मन्तरबाट सुरू भएको ‘चलो संसद’ मार्चपास संसद भवन नजिक पुगेपछि सुरक्षा बढाएको हो।

प्रदर्शनकारीहरूले संसद भवन नजिकै पुगेर ब्यारिकेड तोड्न खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको इन्डिया टुडेले जनाएको छ।

आजैदेखि सुरू भएको मनसुन अधिवेशन चलिरहँदा बाहिर प्रदर्शनकारीहरू मार्च पास गरिरहेका थिए। अहिले उक्त बैठक स्थगित भइसकेको छ।

यसबीच प्रधानमन्त्री नरेन्द्र मोदी संसद भवनबाट बाहिरिएका छन् ।कक्रोच पार्टीका संस्थापक अभिजित दिप्केलाई भने प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

  • ४ श्रावण २०८३, सोमबार १६:१२ प्रकाशित