नारायणगढ–मुग्लिन सडक खण्डमा बस दुर्घटना : २५ बढी घाइते

केन्द्रभाग मिडिया

 

चितवन । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै भएको बस दुर्घटनामा २५ बढी यात्रु घाइते भएका छन् । प्रहरीले दुर्घटनामा २५ बढी यात्रु घाइते भएको बताए पनि संख्या यकिन भएको छैन ।

प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं र काठमाडौंबाट दाङ जाँदै गरेका दुईवटा बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो । काठमाडौं जाँदै गरेको बा।प्र। ०३ ००१ ख १६७१ नम्बरको बस हो । दाङका लागि छुटेको बसको भने नम्बर खुलेको छैन । सोही बसका चालक गम्भीर घाइते छन् ।

दुर्घटना भएपछि अवरुद्ध भएको सडक अहिले खुलाइएको छ । घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ । घाइतेहरुलाई उपचारका लागि भरतपुर लगिएको छ ।

वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो ।

  • ३ श्रावण २०८३, आईतवार १०:४५ प्रकाशित