७९ अंक बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत)बढेको छ । सो वृद्धिपछि नेप्से २६७७ अंकमा पुगेको छ ।

कारोबार सुरु हुँदादेखि नै बढेको बजारले दिनभर नै उकालो गति लियो । बन्द हुँदाको अंक नै कारोबार अवधिभरको उच्चतम अंक पनि हो । शुक्रबारसहित लगातार चौथो दिन बजार बढेको छ । आजको वृद्धि अंक भने चैत २३ यताकै उच्च हो ।

कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५३ करोडको भयो । अघिल्लो दिन १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै कारोबार भएकाले समग्र कारोबार उच्च देखिएको थियो । तर आज जम्मा ६१ लाखको ऋणपत्र मात्रै कारोबार हुँदा समग्र कारोबार न्यून देखियो ।

आज २५७ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो भने ३ को स्थिर रह्यो ।

  • १ श्रावण २०८३, शुक्रबार १५:३९ प्रकाशित