आज सुनचाँदी दुवैको मूल्य घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज शुक्रवार सुन र चाँदी दुवैको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३१०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३१०० रुपैयाँले घटेर २ लाख ८२ हजार १०० रुपैयाँमा किनबेच भईरहेको छ ।

यता चाँदीको मूल्य १२५ रुपैयाँले घटेर प्रतितोला ४२०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • १ श्रावण २०८३, शुक्रबार ११:१४ प्रकाशित